प्रधानमन्त्रीले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै


 


काठमाडौं, असोज १० । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनलाई सम्बोधन गर्ने भएका छन् ।

महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ ।

यसअघि प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी भएका थिए ।

यसैगरी न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओली अन्य विभिन्न कार्यक्रममा पनि सहभागी भएका छन् ।

प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरूलगायत छन् । प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति: १० आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्