सर्लाहीमा गोली हानेर श्रीमतीको हत्या, बुवा घाइते


 


जनकपुरधाम, असोज १० । सर्लाहीमा एक जनाले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

सर्लाही हरिपुर्वा नगरपालिका वडा नम्बर ५ मा बुधबार राति एक व्यक्तिले गोली प्रहार गरी २३ वर्षीया श्रीमती चित्रलेखा यादवको हत्या गरेका हुन् ।

गोली प्रहारबाट अभियुक्तका ५४ वर्षीया बुवा रामदिनेश राय घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । अभियुक्त हाल फरार रहेको र खोजी भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । यद्यपि प्रहरीले अभियुक्तको नाम खुलाएको छैन ।

घाइते बाबुको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको श्रेष्ठले बताए । प्रहरीका अनुसार घटनास्थलबाट दुई राउन्ड खोका र एक थान नपड्किएको गोलीसमेत बरामद गरेको छ ।

प्रकाशित मिति: १० आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्