२४ प्रहरी कर्मचारी सम्पर्कविहीन


 


काठमाडौँ, असोज १० । प्रहरी प्रधान कार्यालय नक्सालले विभिन्न क्षेत्रमा कार्यरत २४ प्रहरी कर्मचारी सम्पर्कविहीन रहेको जनाएको छ ।

प्रहरी महानिरीक्षकको सचिवालय, अन्तर्गतको कानुन शाखाले आज सूचना जारी गर्दै सम्पर्कविहीन प्रहरीलाई तत्काल सम्पर्कमा आउन सूचना जारी गरेको छ ।
प्रधान कार्यालयले आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भई सक्दा समेत कार्यालयको सम्पर्कमा नआएकोले हाजिर हुन आउनेबारे यो सूचना प्रकाशित गरिएको जनाएको छ ।

सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात (७) दिनभित्र आफू गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन नआए कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।

प्रकाशित मिति: १० आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्