विमानस्थल आसपास चङ्गा, ड्रोन र बेलुन उडाउन नपाइने


 


काठमाडौँ, असोज १० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य निषेध गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै यस्तो प्रतिबन्ध लगाएको हो ।

विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा यस किसिमका गतिविधि एवं क्रियाकलाप नगर्न आग्रह गरेको नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

सूचनाको अवज्ञा वा अटेर गरी यस्ता गतिविधि गरे बा गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने चेतावनीसमेत दिइएको छ ।

प्रकाशित मिति: १० आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्