४९ अंकले नेप्से बढ्दा ४ अर्ब ८१ करोडको कारोबार


 


काठमाडौं । साताको चौंथो कारेबार दिन बुधवार सेयर बजार परिसूचक नेप्से उच्च अङ्कले बढेको छ ।

२४७३ बिन्दुबाट सुरु भएको कारोबार ४९ अङ्कले बढ्दै परिसूचक २५१९.५७ बिन्दुमा उक्लिएको हो।

बजार बढ्दा कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ५ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८१ करोडमै खुम्चियो ।

२१० कम्पनीको मूल्य बढ्दा ३० को घट्यो भने ४ को स्थिर रह्यो । ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।

विन नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत् र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।

माथिल्लो मैलुङखोला जलविद्युतको ९.५४, कुथेली बुकरी स्मल हाइड्रोको ८.३, आत्मनिर्भर लघुवित्तको ८, सिनर्जी पावरको ७.७ तथा रुरु जलविद्युतको मूल्य ७.४ प्रतिशत बढ्यो ।

हिमालयन हाइड्रोपावरको ६.३ तथा स्वरोजगार लघुवित्तको ६.१ प्रतिशत मूल्य घट्यो ।

प्रकाशित मिति: ९ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्