तत्कालै लेबनान छाड्न बेलायतीहरूलाई निर्देशन


 


बेरुत । बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले आफ्ना नागरिकहरूलाई तत्कालै लेबनान छाड्न आदेश दिएका छन् । इजरायल र इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहबीच लडाई चर्किँदै गएपछि स्टार्मरले बेलायती नागरिकहरूलाई लेबनान छाडिहाल्न भनेका हुन् ।

त्यहाँ रहेका नागरिकहरूलाई स्वदेश फिर्ता लैजाने योजना तीव्र पारिरहेको र लडाई थप चर्किने अपेक्षामा निस्किहाल्न भनिएको छ । रक्षा मन्त्रालयले लेबनानबाट आएका आफ्ना नागरिकलाई स्वदेश फर्काउन साइप्रस तर्फ ७०० जनाको टोली पठाउन लागेको छ ।

लेबनान छाडिहाल्ने समय आइसकेको भनेर साँच्चै स्पष्ट हुन जरुरी रहेको स्टार्मरले भनेका छन् । सरकारले लेबनान यात्रा नगर्न पनि भनिरहेको छ ।

यसै हप्ता इजरायली आक्रमणमा परेर लेबनानमा ५६० जना भन्दा धेरैको मृत्यु भएको थियो । लेबनानमा अहिले स्थिति खस्किँदै गइरहेको छ भने युद्धको परिणाम विनाशकारी हुँदै गइरहेको छ ।

आफ्नो देशमा जे जस्तो भइरहेको छ त्यो नरसंहार भएको लेबनानी स्वास्थ्य मन्त्रीले बीबीसीसँग भनेका थिए ।

प्रकाशित मिति: ९ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्