राष्ट्रपति पौडेलसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेश


 


काठमाडौं । राष्ट्रिय दलित आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक प्रतिवेदन पेश गरेको छ।

राष्ट्रपति कार्यालय शीतल निवास पुगेर दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले वार्षिक प्रतिवेदन पेश गरेका हुन्।

आर्थिक वर्ष २०८०/८१ को आयोगको वार्षिक कामको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरिएको आयोगले जनाएको छ ।

नेपालको संविधानको धारा २९४ को उपधारा (१) मा संवैधानिक आयोगहरूले वार्षिकरुपमा आफ्ना प्रतिवेदनहरू राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने प्रावधान रहेको छ ।

प्रकाशित मिति: ९ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्