खोला मिचेर बनाइएका भवनमा भरतपुर महानगरले चलायो डोजर


 


चितवन । भरतपुर महानगरपालिकाले नारायणगढ लायन्सचोकस्थित पुरानो लायन्स क्लबको भवन भत्काएको छ।

पुङ्गी खोला मिचेर भवन बनाएको भन्दै महानगरले आज लायन्स क्लबको भवनमा डोजर चलाएको हो ।

खोला अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन ३५ दिने सूचना दिँदा पनि हटाएपछि आजबाट डोजर लगाएर भत्काउन थालिएको महानगरले जनाएको छ ।

खोलाको अतिक्रमित जग्गा भन्दै तीन धुर जग्गामा निमार्ण भएको पाँचतले भवन भत्काउन सुरु गरेको हो ।

खोला मिचेर बनाएको भन्दै नारायणघाटको लायन्सचोकमा रहेको लायन्स क्लबको भवन डोजर लगाएर भत्काएको छ ।

प्रकाशित मिति: ९ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्