लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ


 


कञ्चनपुर । प्रहरीले लागूऔषध खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ ।

कञ्चनपुर प्रहरीले कृष्णपुर नगरपालिका–९ पिपरियाबाट लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१३ का २१ वर्षीय सुदीप चौधरी र २२ वर्षीय कमलेश राना रहेका छन्।

उनीहरुको साथबाट ८ सय ५० मिलिग्राम खैरो हेराइन भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रकाशित मिति: ९ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्