इजरायली आक्रमणमा मारिए हिजबुल्लाहका शीर्ष कमाण्डर


 


एजेन्सी । इजरायली हवाई आक्रमणमा परी हिजबुल्लाहका शीर्ष कमाण्डर मारिएका छन्।

दक्षिणी बेरूतमा इजरायलले गरेको हवाई हमलामा परी हिजबुल्लाहका शीर्ष कमाण्डर इब्राहिम कुबैसीको मृत्यु भएको हो।

उनी हिजबुल्लाहको मिसाइल तथा रकेट युनिटका शीर्ष कमान्डर रहेका थिए। इजरायली डिफेन्स फोर्सले कुबैसीसहित थप दुई जना कमाण्डर मारिएको दाबी गरेको छ।

हिजबुल्लाहले भने कुबैसी मारिएको पुष्टी गरेपनि थप दुई जनाबारे खुलाएको छैन।

इजरायलले यसअघि शुक्रबारको आक्रमणमा हिजबुल्लाहका कमाण्डर इब्राहिम अकिल र अहमद वाहबी मारिएका थिए।

गत शुक्रबारदेखि हिजबुल्लाहविरूद्ध प्रत्यक्ष आक्रमणमा उत्रिएको इजरायलले त्यसयता लगातार आक्रमण गर्दै आइरहेको छ।

प्रकाशित मिति: ९ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्