श्रीलंकाका राष्ट्रपति अनुराद्धारा संसद् विघटन


 


एजेन्सी । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद विघटन गरेका छन्।

राष्ट्रपति दिसानायकेले संसद विघटन गरेर संसदीय निर्वाचनको घोषणाका हुन् । श्रीलंकामा १४ नोभेम्बरमा संसदीय निर्वाचन हुनेछ ।

यसअघि २२५ सिटमध्ये दिसानायकेको पार्टी नेशनल पिपुल्स पावर गठबन्धनले तीन सिट मात्रै पाएको थियो । सानायकेले यसअघि हरिणी अमरसूर्यालाई देशको नयाँ प्रधानमन्त्री चयन गरेका थिए ।

श्रीलंकाको इतिहासमा महिला प्रधानमन्त्री बन्ने यो तेस्रो पटक हो । राष्ट्रपति निर्वाचनमा विजयी भएपछि दिसानायकेले संसदीय निर्वाचनका लागि छिट्टै संसद विघटन गर्ने बताएका थिए ।

उनले आफ्नो नीतिलाई कार्यान्वयन गर्न सकेसम्म चाँडो निर्वाचन हुने बताए।

उनले यसअघि जनताको इच्छाविपरीत बनेको संसदलाई निरन्तरता दिनुको कुनै अर्थ नभएको बताए ।

यसअघि सन् २०२० को अगस्टमा श्रीलंकामा आम निर्वाचन भएको थियो ।

प्रकाशित मिति: ९ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्