दशैंका लागि बसको टिकट बुकिङ अनलाइनबाट, तयारी पूरा


 


काठमाडौं, असोज ९ । दशैंका लागि बससेवा डटकमले टिकट बुकिङको आवश्यक प्राविधिक तयारी पूरा गरेको छ ।
बससेवा डटकमले मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको आएको छ ।

बस व्यवसायी र सरकारबीच असोज १२ गते शनिबारदेखि बसको अग्रिम टिकट बुकिङ खुलाउने सहमति भएको छ । यो सहमतिसँगै शनिबारदेखि अनलाइन बस टिकेटिङ प्लेटफर्म बससेवाबाट पनि बसको टिकट बुकिङ गर्न सकिने छ ।

विगतका वर्षमा पनि दसैँको समयमा यात्रुहरूलाई सहज रूपमा बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवाले अझ परिस्कृत रूपमा सजिलै टिकट काट्न सक्ने व्यवस्था गरेको हो ।

बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालका अनुसार ७० भन्दा बढी जिल्लाका ४३३ गन्तव्यका लागि दैनिक ४२ हजारभन्दा बढी संख्यामा बससेवाबाट टिकट काट्न सकिनेछ ।

बससेवाले आफ्नो प्लेटफर्ममार्फत् टिकट काट्ने यात्रुमध्ये हरेक दिन केही यात्रुलाई आकर्षक अफर दिने तयारी गरिरहेको र यस सम्बन्धमा छिट्टै औपचारिक घोषणा गरिने बससेवाले जनाएको छ ।

प्रकाशित मिति: ९ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्