भारतबाट पाइपमार्फत पेट्रोल ल्याउने तयारी


 


काठमाडौँ, असोज ९ । नेपाल आयल निगमले पाइपबाट पेट्रोल आयातको तयारी गरेको छ । पाइपमार्फत पेट्रोल ल्याउनका लागि दोस्रो चरणको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाको पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ ।

भारतबाट पाइपमार्फत पेट्रोल ल्याउन करिब ९० प्रतिशत पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको नेपाल आयल निगम मधेश प्रदेश कार्यालयका प्रादेशिक प्रमुख प्रलयंकर आचार्यले बताए ।

इन्डियन आयल कर्पोरेसन(आइओसी) बाट मोतिहारी–अमलेखगन्ज पाइपलाइन मार्फत अहिले डिजेल आयात भइरहेको छ । २०७६ भदौ २४ गतेदेखि पाइपबाट डिजेल ल्याउन थालिएको थियो । डिजेल पाइपबाट आयात भए पनि पेट्रोल भने ट्यांकरमार्फत ढुवानी हुँदै आएको छ ।

पाइपबाट पेट्रोल आयात गर्नका लागि आयल निगमको मधेश प्रदेश कार्यालय अमलेखगञ्ज डिपोमा भण्डारण, टिएलएफ सेट लगायतका पूर्वाधार निर्माण भइरहेका छन् । नागरिक

प्रकाशित मिति: ९ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्