एसियन कप छनोट : नेपाल र उज्वेकिस्तान भिड्दै


 


काठमाडौं, असोज ९ । एफसी यू–२० एसियन कप छनोटअन्तर्गत नेपालले आज तेस्रो खेलमा उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ । न्यू ताइपेइ सिटीमा हुने खेल अपरान्ह्र ३ बजे सुरु हुने छ ।

समूह बी मा शीर्ष दुईमा रहेर चीनमा अर्को वर्ष हुने प्रतियोगितामा छनोट हुने लक्ष्यसाथ चाइनिज ताइपेइ पुगेको नेपालले सुखद् सुरुआत गर्न सकेको छैन । पहिलो खेलमा समान स्तरको कम्बोडियासँग नेपाल ४–१ ले पराजित भएको थियो । उक्त खेलमा नेपालको तर्फबाट समीर तामाङले मात्रै गोल गर्न सकेका थिए ।

समीरले दोस्रो खेलमा ह्याट्रिक गरेपछि नेपालले सोमबार घरेलु टोली चाइनिज ताइपेइसँगको खेलमा ३–१ को जितसहित प्रतियोगितामा पुनरागमन गरेको थियो । नेपाल यही लयलाई निरन्तरता दिने लक्ष्यमा छ ।

उज्वेकिस्तान अंक तालिकामा ३ अंकहित शीर्ष स्थानमा छ भने नेपाल चौथो स्थानमा छ ।

प्रकाशित मिति: ९ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्