विश्वकप लिग–२ : नेपाल र ओमानविरुद्धको खेल रद्द


 


काठमाडौं, असोज ९ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

क्यानडाको किङसिटीमा गए राति ८ः४५ बजेदेखि हुने भनिएको उक्त खेल लगातार पानी परेपछि टससमेत हुन नसकेर रद्द भएको हो । खेल रद्द भएसँगै दुवै टोलीले समान १–१ अङ्क बाँडेका छन् ।

क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले त्रिकोणात्मक शृङ्खलाअन्तर्गत चौथो खेल खेल्न लागेको थियो । शृङ्खलाको पहिलो खेलमा क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग एक विकेटको हार बेहोरेको थियो । त्यस्तै तेस्रो खेलमा क्यानडासँग पाँच विकेटले पराजित भएको थियो ।

लिग–२ को अङ्क तालिकामा नेपाल आठ खेलमपछि तीन अङ्कका साथ सातौ स्थानमा छ भने ओमान भने सात खेलमा छ अङ्कका साथ छैटौं स्थानमा छ ।

प्रकाशित मिति: ९ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्