नेपालमा सुँगुर र कुखुराको मासु निर्यात गर्ने अमेरिकाको प्रस्ताव


 


काठमाडौं, असोज ९ । अमेरिकाले आफ्नो देशबाट नेपालमा सुँगुर र कुखुराको मासु निर्यातका लागि सहजीकरण गरिदिन प्रस्ताव राखेको छ । काठमाडौंमा गत साता भएको द्विपक्षीय व्यापार तथा लगानीसम्बन्धी एउटा वार्तामा अमेरिकी अधिकारीहरुले यस्तो प्रस्ताव राखेको नेपाली अधिकारीहरूले बताएका छन् ।

यही भदौ ३१ गते काठमाडौंमा भएको नेपाल–अमेरिका ट्रेड एन्ड इन्भेस्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट (टिफा) काउन्सिलको सातौँ बैठकमा अमेरिकाले त्यस्तो प्रस्ताव राखेको थियो ।

उनीहरूका अनुसार अमेरिकी प्रस्तावबारे नेपाली पक्षबाट सकारात्मक जबाफ दिइएको छ र अमेरिकाले त्यसलाई स्वागत गरेको छ ।

बैठकपछि जारी संयुक्त प्रेस वक्तव्यमा पनि उक्त कुरालाई उल्लेख गरिएको छ । नेपाली अधिकारीहरूले नेपालले “खुला व्यापार“को नीति लिएकाले अमेरिकी मासु वा मासुजन्य वस्तु आयातमा कुनै खालको अवरोध नरहेको बताउँदै आएका छन् । बीबीसी

प्रकाशित मिति: ९ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्