सर्वोच्चद्वारा दुर्गा प्रसाईँको रिटमा कारण देखाऊ आदेश जारी


 


काठमाडौँ, ८ असोज । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

मङ्गलबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

दुर्गा प्रसाईँका छोरा नीराजन प्रसाईँले बुबालाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गर्नुभएको थियो । प्रहरीले आइतबार प्रसाईँलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: ८ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्