एनएमबि बैंकद्वारा पलेशालाई पाँच लाखसहित सम्मान


 



काठमाडौँ ८ असोज । एनएमबि बैंकले प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कास्य पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई नगद पाँच लाखसहित सम्मान गरेको छ ।
उनको अभुतपूर्व उपलब्धिको सम्मान गर्दै बैंकले गोबर्धनलाई नगद पुरस्कार रु. ५ लाख १ हजार र उनका प्रशिक्षक कविराज नेगी लामालाई रु. १ लाख १ हजार रुपैयाँ प्रदान गरेको हो । पलेशा गोबर्धनको प्रतिनिधित्व गरी उनको अभिभावकले उक्त नगद ग्रहण गर्नुभएको थियो ।

प्रकाशित मिति: ८ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्