गुणस्तरीय स्वास्थ्य र शिक्षा पुर्‍याउने अभियानमा सरकार क्रियाशील छ : सभापति देउवा


 


वीरगञ्ज ८ असोज। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले सम्पूर्ण नेपालीहरूलाई आफ्नै गाउँठाउँमा गुणस्तरीय स्वास्थ्य र शिक्षा पुर्‍याउने अभियानमा सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

पर्साको पटेर्वासुगौली गाउँपालिकामा निर्माण सम्पन्न भएको आधारभूत अस्पतालको आज एक कार्यक्रमबिच उद्घाटन गर्नुहुँदै उहाँले स्वास्थ्य र शिक्षामा नेपाल आत्मनिर्भर बन्न सक्ने वातावरण बन्दै गएको बताउनुभयो ।

सभापति देउवाले देशका सम्पूर्ण गाउँपालिका र नगरपालिकाहरूमा गुणस्तरीय स्वास्थ्य र शिक्षाको व्यवस्था गर्नेतर्फ सरकार क्रियाशील रहेको बताउँदै जनताको प्रत्यक्ष सरोकारका काम छिटोछरितो र पारदर्शी ढंगले अगाडी बढिरहेकोमा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री अजय चौरसियाले समानुपातिक समावेशी व्यवस्थाको कारण मुलुकमा मधेशी, मुस्लिम, आदिवासी, जनजाति, दलित वर्गले आरक्षण पाएको बताउँदै जनसङ्ख्याको आधारमा निर्वाचन प्रणाली बनाउने काम काँग्रेसले गरेको दाबी गर्नुभयो ।

पटेर्वासुगौली गाउँपालिकामा निर्माण गरिएको १५ शय्याको अस्पतालबाट पर्साको ग्रामीण क्षेत्रका बासिन्दाले उपचार सेवा सहज रुपमा पाउने भएका छन् ।

प्रकाशित मिति: ८ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्