आगलागी पीडित परिवारलाई चौरपाटी गाउँपालिकाद्धारा सहयोग हस्तान्तरण


 


अछाम । अछामको चौरपाटी गाउँपालिकाले आगलागी पीडित एक परिवारलाई सहयोग गरेको छ ।

गाउँपालिका अध्यक्ष भीम बहादुर साउदको नेतृत्वमा गएको टोलीले मंगलबार बिहान पीडित परिवारलाई तत्काल राहत स्वरूप तीन हजार नगद तथा आवश्यक सामग्री वितरण गरेको हो ।

सोमबार दिउँसो गाउँपालिकाको वडा नम्बर ३ छतारा टोलमा रहेको पारु साउदको घरमा आगलागी भएको छ । सो आगलागीका कारण घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने घरभित्र रहेका खाद्यान्न, लुगा, कपडा लगायतका सामग्री पनि जलेर नष्ट भएका छन् ।

सो घटनाको जानकारी प्राप्त भए पश्चात मंगलबार बिहान गाउँपालिका अध्यक्ष साउद आफैँ सहयोग लिएर पीडित परिवारलाई भेट्न पुगेका थिए ।

उनका अनुसार पीडित परिवारलाई तत्कालका लागि दुई सेट त्रिपाल, दुईवटा कम्बल, ५० केजी मसिनो चामल, पाँच लिटर खानेतेल, तीन किलो मिक्स दाल, दुई पोका नुन र दुई किलो चिउरा सहयोग गरिएको छ ।

यस राहत वितरणले आगलागीबाट पीडित परिवारलाई तत्कालीन कठिन परिस्थितिमा केही सहयोग पुर्‍याउने आशा गरिएको छ । राहत वितरणका क्रममा प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापा, प्रहरी चौकी सिउँडीका प्रमुख रमेश नाथ लगायतका व्यक्तिहरुको पनि उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: ८ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्