दुई महिनामा १० अर्बभन्दा बढीको फलफूल तथा तरकारी आयात


 


काठमाडौँ । नेपालमा दुई महिनामा १० अर्ब रुपैयाँभन्दा बढीको फलफूल तथा तरकारी आयात भएको छ ।

भन्सार विभागको चालु आर्थिक वर्ष २०८१/०८२ को दुई महिनाको तथ्याङ्क अनुसार ६ अर्ब २४ करोडको हरियो तरकारी र ३ अर्ब ७९ करोड रुपैयाँको गरी १० अर्ब ३ करोड रुपैयाँको आयात भएको हो ।

६ अर्ब २४ करोड रकम बराबरको १ लाख ४ हजार मेट्रिक टन तरकारी आयात हुँदा ३ अर्ब ७९ करोड रुपैयाँ बराबरको ४६ हजार मेट्रिक टन फलफूल आयत भएको छ ।

यस्तै सरकारले तरकारी र फलफूल आयात गर्दा २ अर्ब ६२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

नेपालमा भारत, चीन, बङ्गलादेश लगायत विभिन्न मुलुकबाट तरकारी तथा फलफूल आयात हुन्छ । जसमा स्याउ, नरिवल, आँप, आलु, टमाटर, ब्याज, विभिन्न हरियो तरकारीलगायत छन् ।

प्रकाशित मिति: ८ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्