सहकारी ठगीबारे थप अनुसन्धान गर्न पोखरा जाँदै सीआईबीको टोली


 


काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सूर्यदर्शन सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्ने भएको छ ।

सीआईबी स्रोतका अनुसार सूर्यदर्शन सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न पोखरा नै टोली पठाउने निर्णय गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपचलनबारे अनुसन्धान गरिरहेको छ ।

संसदीय छानबिन समितिको सिफारिस अनुसार पूर्णरुपमा अनुसन्धानको विज्ञता गर्ने गरी सीआईबीले आफ्नो पठाउन लागेको हो ।

पूर्वडीआईजी छविलाल जोशी जोशी, पूर्वगृहमन्त्री रवि लामिछाने र सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष जीबी राई विगतमा व्यापारिक साझेदार थिए ।

संसदीय छानबिन विशेष समितिले सहकारी बचत ठगीमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशीसहितलाई कारबाही गर्न सिफारिस गरेको थियो।

गृह मन्त्रालयले सिफारिस तत्काल कार्यान्वयन गर्न भनेकै दिन जोशी पक्राउ परेका थिए। जोशी आइतबार काठमाडौंबाट पक्राउ परेका थिए।

उनलाई बुद्ध एयरको जहाजबाट आइतबार राति नै पोखरा पुर्‍याइएको थियो। आजबाट सरकारी वकिल कार्यालयमा जोशीको बयान हुनेछ।

प्रकाशित मिति: ८ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्