विश्वकप क्रिकेट लिग–२ : नेपाल आज ओमानसँग खेल्दै


 


काठमाडौँ, असोज ८ । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज ओमानसँग खेल्ने भएको छ ।

क्यानडाको किङ्ग्स सिटीमा हुने आजको खेल राति ८ः४५ बजेबाट सुरु हुनेछ ।

एक दिवसीय फर्म्याटमा भइरहेको खेलमा हालसम्म नेपालले एक खेलमा पनि जित निकाल्न सकेको छैन ।

पछिल्लो खेलमा पनि नेपाल क्यानडासँग पाँच विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति: ८ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्