इजराइलको आक्रमणमा लेबनानमा एकैदिन ४९२ जनाको मृत्यु


 


काठमाडौं, असोज ८ । इजराइलले लेबनानमा आक्रमण गर्दा एकैदिन झन्डै पाँच सय जनाको मृत्यु भएको छ ।

इजराइलले गत मंगलबारदेखि हिजबुल्लाहविरूद्ध लेबनानमा आक्रमण सुरु गरेको छ । त्यसक्रममा सोमबारको आक्रमणमा एकैदिन ४९२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

इजराइलको उक्त आक्रमणलाई सन् २००६ को इजराइल–हिजबुल्लाह युद्धयताकै सबैभन्दा ठूलो आक्रमण भनिएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा ३५ बालबालिका र ५८ जना महिला छन् ।

हिजबुल्लाहले पनि सोमबार इजराइलका उत्तरी भूभागहरूमा रकेट प्रहार गरेको छ । उसको आक्रमणमा दुई जना घाइते भएको बताइएको छ ।

प्रकाशित मिति: ८ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्