नवलपुरको जंगलमा ट्रकमा आगलागी


 


नवलपुर, असोज ८ । नवलपुरको मध्यविन्दुमा मालबहाक ट्रकमा आगलागी भएको छ ।

मध्यविन्दु नगरपालिका वडा नम्बर ७ चालिस किलो जंगलमा ना ६ ख १८७८ नम्बरको मालबहाक ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

ट्रकमा अचानक टायर पड्किन गई आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट ट्रक र ट्रकमा रहेको १३ लाख २७ हजार बराबरको २१ टन मैदाको पीठो जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

ट्रकमा लागेको आगो कावासोतीको दमकल र प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति: ८ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्