कैलालीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु


 


धनगढी, असोज ८ । कैलालीमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।

जिल्लाका गौरीगंगा नगरपालिका–९ मसुरियामा सुपप्र ०१–००१ क २४६४ नम्बरको बसले ठक्कर दिँदा सोही ठाउँ बस्ने ८४ वर्षीय हर्कबहादुर बमको मृत्यु भएको हो ।

सडकमा बाटो काट्ने क्रममा बमलाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कवीन्द्रसिंह बोहराले बताए ।

बसको ठक्करबाट गम्भीर घाइते भएका बमको सोमबार राति धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी बोहराले बताए ।

बस र चालक गौरीगंगा नगरपालिका–९ का ४५ वर्षीय नारायणबहादुर भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रकाशित मिति: ८ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्