एसइईको ग्रेड वृद्धि परीक्षामा ५६ प्रतिशत विद्यार्थी उत्तीर्ण


 


काठमाडौं, असोज ८ । एसइईको ग्रेड वृद्धि परीक्षामा एक लाख १९ हजार चार सय २५ जना उत्तीर्ण भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले लिएको परीक्षामा ५६.७८ प्रतिशत विद्यार्थी उतीर्ण भएका हुन् ।

दुई लाख १० हजार तीन २१ जनाले परीक्षा दिएकोमा एक लाख १९ हजार चार २५ जना मात्रै उत्तीर्ण भएका छन् । बोर्डले चैतमा लिएको नियमित परीक्षामा एनजी आएका र अनुपस्थित विद्यार्थीको पुनः परीक्षा लिएको थियो ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेललेले एनजी र अनुपस्थित विद्यार्थी ९० हजार आठ सय ८८ जना छन् ।

कार्यालयले आठ जनाको उत्तरपुस्तिका रद्द गरेको छ । पौडेलका अनुसार ३.६१ देखि ४ जिपिए ल्याउने १८ जना छन् । जिपिए १.६ देखि २.० ल्याउने ६४ जना, जिपिए २.०१ देखि २.४ ल्याउने १९ हजार ४ सय ९६ जना छन् ।

त्यस्तै जिपिए २.४१ देखि २.८० ल्याउने ७४ हजार ४ सय ६ जन छन् । जिपिए २.८१ देखि ३.० ल्याउने २३ हजार ६ सय २३ जना छन् भने जिपिए ३.१ देखि ३.६ ल्याउने एक हजार ५ सय १८ जना छन् ।

विभिन्न ११ ओटा संस्थाको वेबसाइट, आईभीआर एसएमएसमार्फत राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट बाट नतिजा सहजरुपमा हेर्न सकिने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: ८ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्