आज मंगलबार यस्तो छ तपाईंको राशिफल


 


मेष
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको अवसर मिल्नेछ । जोशजाँगर पनि बढ्नेछ ।

बृष
(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कुनै कुराले मन निक्कै प्रसन्न हुन सक्छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ, तर स्वास्थ्यप्रति सजग रहनुहोला ।

मिथुन
(का, कि, कु, घ, ङ, छ, के, को, हा) लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

कर्कट
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शत्रु पराजित हुनेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ, तर स्वास्थ्यप्रति सजग रहनुहोला ।

सिंह
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । आफूले अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

कन्या
(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेमीको सहयोग पाइनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् ।

तुला
(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुबिधा उत्पन्न हुनेछ, तर शुभ र नयाँ कार्यको योजना बन्नेछ ।

बृश्चिक
(तो, ना, नि, नु, ने, नो, या, यि, यु) पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ ।

धनु
(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मकर
(भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

कुम्भ
(गु, गे, गो, सा, सि, सु, से, सो, दा) मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकायको भय पनि रहला ।

मीन
(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा प्रगति नै हुनेछ ।

प्रकाशित मिति: ८ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्