पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु


 


काठमाडौं । काठमाडौंको गहना पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु भएको छ।

टोखा नगरपालिका–६ टोखा बजार नजिकै रहेको गहना पोखरीमा डुबेर चार वर्षीया बालिका गुराँस सहनीको मृत्यु भएको हो ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ घर भई आमा दुर्गा सहनीसँग टोखा–८ जल्पा चोक बस्दै आएकी बालिका आइतबार दिउँसो पोखरीमा डुबेकी थिइन् ।

उनको आइतबार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: ७ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्