धनुषा प्रहरीको हिरासतबाट भागेका सात जना पक्राउ


 


धनुषा। धनुषामा हिरासत फोडेर भागेका सात थुनुवा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर भागेका सात थुनुवालाई प्रहरीले पक्राउ गरेको हो।

हिरासतको भेन्टिलेसन फोडेर ९ थुनुवा फरार भएका थिए । फरारमध्ये सत्यम झालाई प्रहरीले बिहानै पक्राउ परेको थियो।

उनलाई जनकपुरबाट पक्राउ गरिएको थियो। मनिष मण्डल र विशाल मुखिया फरार छन्। उनीहरूको खोजी भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

अमितकुमार झा, रञ्जित मण्डल, रोशनकुमार मण्डल, भाष्करकुमार यादव पक्राउ परेका हुन्। उनीहरू लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका थिए।

सुमित मेस्तर र बिक्की कार्कीलाई पनि दिउँसो पक्राउ गरिएको हो। उनीहरू अभद्र व्यवहार मुद्दा पक्राउ गरिएको थियो। उनीहरूलाई धनुषाको औरही गाउँपालिकास्थित नेपाल-भारत सिमा आसपासबाट पक्राउ गरिएको हो ।

आज बिहान करिब ४ बजेको समयमा थुनुवा कक्षको भेन्टिलेशन फोडेर उनीहरु भागेका थिए। हिरासतमा १० जना रहेकामा एक जना भने भागेका थिएनन्।

प्रकाशित मिति: ७ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्