खाना पकाउने ग्यासको मूल्य बढ्यो, डिजेल प्रेट्रोलको भाउ यथावत


 


काठमाडौं, माघ १९

 नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ।  निगमले प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाएसँगै एक सिलिण्डर ग्यासको मूल्य १३ सय ५० रुपैयाँ पर्ने भएको छ।

यसअघि प्रति सिलिण्डर ग्यासको मूल्य १३ सय २५ रुपैयाँ थियो । निगम व्यवस्थापनको बुधवार बसेको बैठकले ग्यासको मूल्य बढाएको हो।

इन्डियन आयल कर्पोरेशन(आइओसी)ले फेब्रुअरीमा पठाएको नयाँ मूल्य अनुसार निगमलार्इ ग्यासमा घाटा धेरै भएकोले मूल्य बढाएको हो।

यसअघि पनि निगमलार्इ ग्यासमा प्रतिसिलिण्डर ७८ रुपैयाँ २४ पैसा घाटा थियो।निगम स्रोतका अनुसार डिजलमा नोक्सानी बढेपनि मूल्य यथावत राखिएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्न थालेपछि निगम गत महिनादेखि नोक्सानीमा गएको थियो।निगमले गत महिना १४ करोड ६२ लाख रुपैयाँ नोक्सानी हुने प्रक्षेपण गरेको छ।

डिजल र खाना पकाउने ग्यासमा भएको नोक्सानीले निगम नोक्सानीमा गएको हो।अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारल ५५ डलर पुगेको छ।

प्रकाशित मिति: १९ माघ २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्