पार्टी कार्यालयमा भेला भए सभापति लामिछानेसहित रास्वपाका नेता कार्यकर्ता


 


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित दलका नेताहरू वनस्थलीस्थित पार्टी कार्यालयमा भेला भएका छन् । सहकारी बचत अपचलन संसदीय विशेष छानबिन समितिले प्रतिवेदन बुझाएपछि सभापति लामिछानेलाई पक्राउ गर्ने तयारीमा सरकार छ । पूर्व डीएसपी छविलाल जोशीलाई आइतबार पक्राउ गरेर पोखरा लगेपछि सरकारले लामिछानेलाई पक्राउ गर्ने तयारी गरेको हो ।

सोही कारण हिजो साँझबाटै सभापति लामिछानेसहित रास्वपाका नेता कार्यकर्ता पार्टी कार्यालयमा भेला भएर बसिरहेका छन् । यस्तै कार्यकर्ताहरू पनि पार्टी कार्यालय पुगेका छन् । ‘यहाँ उपलब्ध सबै नेताहरू हुनुहुन्छ । कार्यकर्ताहरू पनि आउने क्रम जारी छ‚’ एक नेताले भने ।

सभापति लामिछानेले हिजो साँझै तयार भएर बस्न नेता कार्यकर्तालाई निर्देशन दिएका थिए । साथै शनिबार चीन पुगेका रास्वपा सांसद तथा नेताहरूलाई पनि देश फिर्ता बोलाइएको छ ।

प्रकाशित मिति: ७ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्