सुनको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला एक लाख ५९ हजार नाघ्यो


 


काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५९ हजार २ सय रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य भने स्थिर छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १९२० रुपैयाँमा चाँदीको कारोबार भएको छ ।

प्रकाशित मिति: ७ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्