हल्दिबारीको रमाइलो चोकस्थित एक घरमा आगलागी


 


झापा, असोज ७ । झापाको हल्दिबारी–३ रमाईलो चोकस्थित एक घरमा आगलागी भएको छ ।

स्थानीय ताराबल गिरीको घरमा आगलागी हुँदा १२ लाख रुपैंयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागीबाट गिरीको घर र घरसँगै रहेको गोठ जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट गोठमा रहेका ९ वटा खसी बाख्रा र एउटा बाछा जलेर घाइते भएका छन् । घरमा भण्डार गरी राखिएको धान, चामल, मकै, गहुँ पूर्ण रुपमा नष्ट भएको छ ।

भद्रपुर नगरपालिका, मेचीनगर नगरपालिका, स्थानीय मानिसहरूको सहयोगमा बिहान ४ बजे आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीको कारण भने अझै थाहा हुन सकेको छैन ।

प्रकाशित मिति: ७ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्