न्यूयोर्कमा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीको कार्यक्रम स्थगित


 


काठमाडौं, असोज ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले न्युयोर्कमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ ।
न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले सूचना जारी गर्दै सुरक्षा संवेदनशीलताका कारण प्रधानमन्त्री ओलीको उक्त कार्यक्रम स्थगित गरिएको जानकारी दिएको हो ।

‘संयुक्त राष्ट्र संघको महासभा, समिट अफ द फ्युचर तथा अन्य साइडलाइन मिटिङहरूमा व्यस्त रहनुपरेको र समारोहस्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझावसमेतलाई ध्यानमा राखि आज आयोजना हुने बृहत् कार्यक्रम स्थगत गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ,’ सूचनामा भनिएको छ ।

प्रकाशित मिति: ७ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्