छविलाल जोशीलाई कास्की अदालतमा पेस गरिँदै


 


काठमाडौं, असोज ७ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी तथा गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई आज कास्की जिल्ला अदालतमा पेस गरिँदै छ ।

काठमाडौंको शंखमुलबाट आइतबार पक्राउ गरेर हिजो नै पोखरा पु¥याइएका जोशीलाई म्याद थपका लागि अदालतमा उपस्थित गराउन लागिएको हो ।

संसदीय छानबिन समितिले जोशीले पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ठूलो रकम ल्याएको प्रतिवेदन दिएपछि उनीविरुद्ध कास्की प्रहरीले अनुसन्धान गर्न पक्राउ गरेको हो ।

सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालक छविराज जोशी र सदस्य कुमार रम्तेललाई कारबाही सिफारिस गरेको थियो ।

प्रकाशित मिति: ७ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्