ओमानमा आफैले हाँकेको कार दुर्घटना हुँदा नेपाली युवा–युवतीको मृत्यु


 


काठमाडौं, असोज ७ । ओमानमा आफैले हाँकेको कार दुर्घटना हुँदा दुई नेपाली युवा युवतीको मृत्यु भएको छ ।

निज्वा इज्की रोडमा गत आइतबार भएको दुर्घटनामा परेर रुपन्देहीको तिलोत्तमा नगरपालिका घर भएका नरबहादुर सारु र झापाकी समिता बुढाथोकीको मृत्यु भएको हो ।

राजधानी मस्कटस्थित नेपाली दूतावासकाअनुसार सारुले चलाइरहेको कार एक्कासी अनियन्त्रित भई दुर्घटना हुँदा दुवै जनाको मृत्यु भएको हो ।

सारु अल सीर कम्पनीमा मर्चनडाइजरको रुपमा सन् २०१८ देखि काम गर्दै आएका थिए भने समिता वारदात अल साब अलधब्या हिना एन्ड ब्यूटी सेन्टरमा हेयर स्ट्यालिस्टको रुपमा काम गर्थिन् । उनी दुई वर्षअघि मात्र त्यहाँ गएकी थिइन् ।

नरबहादुरकी श्रीमती पनि ओमानमै रहेकोले कानुनी प्रक्रिया पूरा गरी दूतावासकै समन्वयमा शनिबार शव नेपाल पठाइएको तर समिताको शव हालसम्म ओमानकै नीज्वा अस्पतालमा रहेको नेपाली दुतावासले जनाएको छ ।

एनआरएन ओमानका पूर्व अध्यक्ष दिपक श्रेष्ठका अनुसार मृतक सारु त्यहाँ रहेको नीज्वा फुटबल क्लबका क्याटेन समेत थिए ।

प्रकाशित मिति: ७ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्