हिरासतबाटै भागे ९ जना थुनुवा, एकजना समातिए


 


काठमाडौँ, असोज ७ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ९ जना थुनुवा फरार भएका छन् ।

जनकपुरधामस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतबाट सोमबार बिहान उनीहरू फरार भएका हुन् ।

धनुषा प्रहरीका प्रवक्ता डिएसपी रञ्जन अवाले थनुवाकक्षको भेन्टिलेसन फोडेर उनीहरू फरार भएको जानकारी दिए । उनका अनुसार फरार थुनुवामध्ये महोत्तरी जलेश्वर नगरपालिका वडा नम्बर ५ का सत्यम झालाई जनकपुरधामबाट नियन्त्रणमा लिइएको छ ।

फरार भएका अन्य आठ जना थुनुवाहरूको खोजी भइरहेको डिएसपी अवाले बताए । फरार भएका थुनुवाहरू लागूऔषध, चोरी, अभद्र व्यवहारलगायतका घटनामा पक्राउ परेको उनले बताए ।

प्रकाशित मिति: ७ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्