दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति


 


काठमाडौं, असोज ७ । साइबर अपराधसम्बन्धी उजुरीमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाण्डौले अनुमति दिएको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई हिजो भक्तपुरबाट पक्राउ गरेर जिल्ला अदालत काठमाण्डौमा उपस्थित गराएको थियो ।

एक जना महिलाले आफ्नो चरित्र हत्या भएको भन्दै प्रसाईं विरुद्ध उजुरी दिएपछि उनी पक्राउ परेका हुन् ।

प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।

प्रकाशित मिति: ७ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्