महत्वपुर्ण पुल निर्माण कार्य समयमै सक्न विकास समितिद्धारा सरकारलाई निर्देशन


 


काठमाडौं, माघ १९

व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले राष्ट्रिय यातायात सञ्जालका रुपमा रहेका महत्वपुर्ण पुलको निर्माण कार्य समयमै सम्पन्न गर्न सम्बन्धीत मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले बृहत अनुसन्धान र स्पष्ट मापदण्डका आधारमा मात्र पुल निर्माण गर्न, घोषण भइसकेका पुलको निर्माणकार्य ३ महिनाभित्र प्रारम्भ गर्न पनि सरकारी निकायलाई निर्देशन दिएको हो ।

मेची, कन्काई, अरुण तथा हुलाकी राजमार्ग अन्र्तगतका अधिकाशं ठूला पुलको टेन्डर भएपनि निर्माण शुरु नभएकोमा समितिले चासो राखेको छ । त्यस्ता पुलको निर्माण कार्य तत्काल शुरु गर्न अर्थ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, राष्ट्रिय योजना अयोग तथा सडक विभागलाई निर्देशन दिएको समिति सभापति रविन्द्र अधिकारीले बताउनुभयो । समितिले कम्तीमा ५० बर्ष सम्म टिकाउ हुने गरि पुल निर्माण गर्न समेत निर्देशन दिएको छ ।

 

प्रकाशित मिति: १९ माघ २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्