ओली र मोदीबीच अमेरिकामा भेटवार्ता


 


काठमाडौँ, असोज ७ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच अमेरिकामा भेटवार्ता भएको छ ।

ओली र मोदीबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित भेटवार्ता भएको हो ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रससंघ ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै यही असोज ४ गते त्यसतर्फ प्रस्थान गरेका थिए । ओलीले शनिबारदेखि उच्चस्तरीय भेटवार्ता सुरु गरेका छन् ।

शनिबार साँझ प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री ओली यही असोज १४ गते स्वदेश फर्कने तालिका छ ।

प्रकाशित मिति: ७ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्