११ अंकले नेप्से बढ्दा ५ अर्ब ९ करोडको कारोबार


 


काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से ११ अंकले बढेको छ ।

नेप्से परिसूचक ११.५८ अंकको वृद्धिपछि परिसूचक २५८८ मा कायम भएको हो। बजार बढ्दा कारोबार रकम केही खुम्चिएको छ ।

अघिल्लो दिन ५ अर्ब ६६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ९ करोडमा खुम्चियो ।

१३८ कम्पनीको मूल्य बढ्दा ९४ को घट्यो भने १२ को स्थिर रह्यो । बैंकिङ सबैभन्दा धेरै १.०१ प्रतिशत बढ्यो ।

९४ कम्पनीको मूल्य घट्दा सबैभन्दा धेरै घाटा रावा इनर्जी, स्वरोजगार लघुवित्त, एनआईसी एसिया ब्यालेन्स फन्ड लगायत कम्पनीका लगानीकर्ताले बेहोरेका छन् ।

प्रकाशित मिति: ६ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्