यस वर्ष ‘हिले दशैं’


 


काठमाडौं । यस वर्ष मनसुनको सयम औसतभन्दा लम्बिने भएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार तत्काल मनसुन बहिर्गमनको सम्भावना नदेखिएको हो ।

जल तथा मौसम विज्ञान विभागले दशैंसम्म मनसुन रहनसक्ने सम्भावना छ रहेको जनाएको छ ।

यस वर्षको मनसुन बहिर्गमनको तत्काल सम्भावना नदेखिएकाले दशैंसम्म पनि पानी पर्ने पूर्वानुमान छ।

यस वर्षको मनसुन सरदर मिति जुन १३ भन्दा तीन दिन छिटो अर्थात् जेठ २८ गते नेपाल भित्रिएको थियो ।

नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने र अक्टुबर २ तारिखमा बाहिरिने गर्दछ ।

यस वर्षको अक्टुबर २ अर्थात् असोज १७ गते घटस्थापनाको अघिल्लो दिन परेको छ ।

यसैगरी दशैंको टीका असोज २६ गते परेको छ । मनसुनको प्रणालीलाई हेर्दा दशैंको टीकाको दिनसम्मै मनसुन नेपालबाट बाहिरिने सम्भावना छैन्।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेले त मंगलबारदेखि दशैंसम्मै वर्षाको सम्भावना रहेको बताएका छन् ।

मनसुन बहिर्गमनको सरदर मिति (अक्टुबर २) आउन १० दिन बाँकी छ । यतिबेलासम्म भारतको राजस्थानबाट मनसुन बाहिरिँदै गएको देखिन्थ्यो र त्यसको केही दिनपछि नेपालबाट पनि बाहिरिन्थ्यो ।

तर अहिलेसम्म मनसुन बाहिरिने कुनै पनि संकेत नदेखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसैले यो वर्षको दशैंमा पानी पर्ने सम्भावना रहेको विभागको भनाई छ ।

प्रकाशित मिति: ६ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्