ससुराको हत्या गरेको आरोपमा धनकुटाबाट ज्वाइँ पक्राउ


 


मोरङ । ससुराको हत्या आरोपमा ज्वाइँ पक्राउ परेका छन् । मोरङको पथरी शनिश्चरे-७ का चन्द्रबहादुर तामाङको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ परेका हुन् ।

करिब ६० वर्षका तामाङको हिजो बिहान घरमै हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

हत्या पश्चात् उनका ज्वाइँ रविन राई फरार रहेका थिए । ज्वाइँ फरार भएपछि उनैले तामाङको हत्या गरेको आशंकामा प्रहरीले खोजी सुरु गरेको थियो ।

फरार रहेका राईलाई प्रहरीले आज धनकुटाको साँगुरीगडी गाउँपालिका स्थित मुलघाटबाट पक्राउ गरेको जनाएको छ ।

मुलघाटबाट राईलाई पक्राउ गरेको र हत्या उनैले गरेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

प्रकाशित मिति: ६ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्