बैङ्किङ क्षेत्रको ३० अर्ब तान्दै राष्ट्र बैङ्क


 


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज बैङ्किङ क्षेत्रमा भएको ३० अर्ब रुपैयाँ तान्ने भएको छ ।

कर्जा प्रवाह नभएर बैङ्क तथा वित्तीय संस्थामा निक्षेप थुप्रिएपछि राष्ट्र बैङ्कले रकम तान्ने भएको हो । निक्षेप सङ्कलनको बोलकबोल माध्यमबाट रकम तान्न लागेको राष्ट्र बैङ्कले जनाएको छ । जसमा बैङ्क तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड रुपैयाँ राख्नुपर्नेछ ।

१४ दिनको अवधि तोकेर राष्ट्र बैङ्कले तान्न लागेको उक्त निक्षेपको साँवा तथा ब्याज भुक्तानी असोज २० गते हुने जनाइएको छ ।

प्रकाशित मिति: ६ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्