अल जजीरा टेलिभिजनको कार्यालयमा इजरायली सेनाले हान्यो छापा


 


एजेन्सी । इजरायली सेनाले अल जजीरा टेलिभिजन च्यानलको कार्यालयमा हतियारसहित छापा मारेको छ।

इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेको वेष्टब्याङ्कको रमुल्लामा रहेको न्यूज च्यानल ‘अल जजिरा’को कार्यालयमा छापा मारेको हो ।

साथै ४५ दिन कार्यालय बन्द गर्न आदेश दिएको छ । कतारको दोहामा मुख्यालय रहेको अल जजीराको रमल्लास्थित कार्यालय बन्द गर्नसमेत इजरायली सेनाले आदेश दिएको छ ।

टेलिभिजनका वेस्ट ब्यांक ब्युरो चिफ वालिद अल-ओमारीलाई इजरायली सेनाले आइतबार उक्त आदेश हस्तान्तरण गरेको हो।

इजरायली सेनाले बन्द गर्नुको कारण भने नखुलाएको अल जजीराले जनाएको छ । आइतबार बिहान हतियारधारी इजरायली सैनिकहरु न्यूज च्यानलको कार्यालयमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति: ६ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्