भारतलाई २ सय ९७ पुरातात्त्विक चीज फिर्ता गर्दैछ अमेरिका


 


वाशिङ्टन डीसी । अमेरिकाले आफ्नो देशमा रहेका भारतका २९७ बहुमूल्य पुरातात्त्विक वस्तुहरू भारतलाई हस्तान्तरण गर्ने भएको छ । यी वस्तु तस्करी र अन्य गैरकानूनी माध्यमबाट अमेरिका पुगेका हुन् ।

यसका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेन र अमेरिकी सरकारलाई धन्यवाद दिएका छन् । यो जानकारी प्रधानमन्त्री मोदीले माइक्रोब्लगिङ वेबसाइट एक्सको आफ्नो अकाउन्टमा पोस्ट गरेका छन् ।

अमेरिकी राष्ट्रपतिसँगको तस्बिर सेयर गर्दै प्रधानमन्त्री मोदीले लेखेका छन्– ‘सांस्कृतिक सम्बन्ध र सांस्कृतिक सम्पदाको अवैध तस्करीविरुद्धको लडाइलाई बलियो बनाइँदैछ ।’

भारतलाई २९७ वटा अमूल्य पुरातात्त्विक वस्तुहरू फिर्ता गर्ने सुनिश्चित गरेकोमा आफू राष्ट्रपति बाइडेनप्रति धेरै आभारी रहेको पनि पोस्टमा उनले लेखेका छन् । यी प्राचीन वस्तुहरू४ हजार वर्षसम्म पुराना भएको बताइएको छ ।

प्रकाशित मिति: ६ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्