एकैदिन १७ सय रुपैयाँले बढ्यो सुन, मूल्यमा नयाँ रेकर्ड


 


काठमाडौँ । सुनको मूल्य एकैदिन १७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ तोकेको हो । शुक्रबार यस्तो मूल्य १ लाख ५७ हजार १ सय रुपैयाँ रहेको थियो । यो मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च हो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय २० रुपैयाँ निर्धारण गरिएको छ । यो शुक्रबारभन्दा प्रतितोला ५ रुपैयाँ बढी हो । अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले व्याजदरु घटाएपछि अन्तराष्ट्रिय बजारमा सुनको माग थप बढ्दा मूल्य झन् बढेको हो ।

भारत चीन लगायत उदीयमान अर्थतनत्र भएका मुलुकले समेत सुनको भण्डारुण बढाउँदा पछिल्लो समय सुनको मूल्य दिन प्रतिदिन बढ्दै गएको छ ।

प्रकाशित मिति: ६ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्