सङ्घीयताविरुद्ध राजधानी केन्द्रीय आन्दोलन गर्ने जनमोर्चा नेपालको निर्णय


 


काठमाडौं । राष्ट्रिय जनमोर्चा नेपालले सङ्घीयताविरुद्ध काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ।

असोज ४ र ५ गते जनमोर्चाको परिषद्को ऐतिहासिक दोस्रो बैठकले यस्तो निर्णय गरेको हो ।

चित्रबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले १७ बुँदे आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।

राष्ट्रिय जनमोर्चाद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय जनमोर्चाले सङ्घीयताको खारेजीका लागि राजधानी केन्द्रित आन्दोलनको घोषणा गरेको छ । यो आन्दोलन राष्ट्रिय जनमोर्चाको मात्र नभएर नेपालको सम्पूर्ण जनताको आन्दोलन हो । यदि सङ्घीयता खारेज नभएमा मुलुक झन्पछि झन् विदेशी ऋणको मारमा पर्ने छ । सङ्घीयताबाट देशको सार्वभौमसत्ता र राष्ट्रियतामाथि खतरा उत्पन्न हुने भएकोले यो आन्दोलन मुलुकलाई माया गर्ने सम्पूर्ण देशभक्तहरूको आन्दोलन हो । ’

बुटवलमा सम्पन्न बैठकले नेपाली कांग्रेस र एमालेले अगाडि सारेको संविधान संशोधनको विषयलाई राजा तथा राजावादी शक्तिहरूले राजतन्त्रको पुनर्स्थापनाका लागि प्रयोग गर्न सक्ने खतरा रहेको दाबी गरिएको छ ।

प्रकाशित मिति: ६ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्