जंगल छेउमा वयस्क हात्ती मृत फेला


 


बारा । बारास्थित राष्ट्रिय जङ्गल नजिक वयस्क हात्ती मृत फेला परेको छ ।

स्थानीय कोल्हबी नगरपालिका–२ भलुवाही खोर जङ्गल छेउमा जङ्गली हात्ती मृत फेला परेको हो ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र डिभिजन बन कार्यालय बाराको टोली घटनास्थलमा पुगेको छ ।

हात्तीको सुडमा सामान्य खतसँगै केही रगतको टाटा देखिएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले हात्ती भेटिएको स्थानलाई सुरक्षा दिइरहेको छ ।

प्रकाशित मिति: ६ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्